कालो सूचीमा परे १३ ठेकेदार कम्पनी

सरकारले १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

कालोसूचीमा परेका १३ मध्ये पाँच निर्माण कम्पनी काठमाडौं उपत्यकाका छन् । जसमा श्री चुलीडाँडा निर्माण सेवा, स्वयम्भू, काठमाडौँ, श्री इपिक कम्प्युटर्स ट्रेडर्स, पुतलीसडक, काठमाडौँ, श्री मकर गणेश कन्स्ट्रक्सन प्रालि, दनपा ०६, फर्पिङ, काठमाडौँ, यूडी एलिस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, टेकु र श्री जोशी विज हाउस प्रालि, नयाँ बानेश्वर, काठमाडौँ छन् ।