संसदमा रास्वपा सांसदले खोजे कुलमान घिसिङ

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्झिएका छन्।

झण्डै १० वर्ष नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङलाई नेपालमा लोडसेडिङ हटाउने कार्यको व्यवस्थापकीय नेतृत्व गरेका थिए।

गर्मीको समयमा झापाको बिर्तामोड अनारमनीबाट घैलाडुब्बा जाने ३३ केभी ट्रान्सफर्मरमा आगो लागेपछि ७ घण्टा बिर्तामोड र भद्रपुर आसपास विद्युत आपूर्ति रोकिएको थियो।

विद्युत आपूर्ति सुचारू भए पनि कम भोल्टेज र पटक पटक विद्युत जाने समस्या भएको उल्लेख गर्दै सांसद पाठकले घिसिङलाई सम्झिएका हुन्। ुविद्युत अवरूद्ध हुने समस्या दिनुहँ बढिरहेको छ। ४० डिग्रीको गर्मीमा बसेका मेरो जिल्लाको नागरिकलाई चुनावपछि राज्यले चिन्न छाडेको होरुु, पाठकले प्रश्न गरे, ुकि विद्युत आपूर्ति प्रणाली व्यवस्थापनका लागि कुलमान नै चाहिएको होरुु

उनले नागरिकको पीडा समाधान सरकारको पहिलो कर्तव्य भएको स्मरण गरे। ुरकम तिरेर पनि भरपर्दो सेवा प्राप्त गर्न सकिन्न भने सरकारप्रति नागरिकको विश्वसनियता कमजोर बन्नेछु, पाठकले भने।

झापा ५ बाट बालेन शाह प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। उनी चैत १३ मा प्रधानमन्त्री भएका थिए। सांसद पाठक शाह झापा–५ मा निर्वाचन लड्ने भएपछि चुनावी व्यवस्थापनमा सक्रिय भएका थिए। तर विद्युत आपूर्तिको समस्याको प्रश्न उठाउँदै पाठकले ुचुनावपछि राज्यले झापा चिन्न छाडेको होु भन्ने टिप्पणी गरेका छन्।

पाठकले सम्झिएका घिसिङ उज्यालो नेपाल पार्टीबाट राजनीति अघि बढाइरहेका छन्। तर उनी काठमाडौं–३ मा रास्वपाकै राजु पाण्डेसँग निर्वाचनमा पराजित भएका थिए।