नाटोका महासचिव मार्क रुट्टेले इरानमाथि अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणको बचाउ गर्दै उक्त कदम ‘पूर्ण रूपमा आवश्यक’ भएको बताएका छन्।
बुधबार अंकारामा हुने नाटो नेताहरूको शिखर सम्मेलनअघि सञ्चारकर्मीसँग कुरा गर्दै रुट्टेले इरानले युद्धविराम उल्लंघन गरेकाले अमेरिकाले कडा प्रतिक्रिया दिनु उचित भएको बताएका हुन्।
उनले भने, “जब युद्धविराम हुन्छ र इरानले त्यसको उल्लंघन गरिरहेको हुन्छ, त्यस्तो अवस्थामा अमेरिकाले बलियो रूपमा प्रतिक्रिया दिनु अत्यन्त आवश्यक हुन्छ।”
रुट्टेका अनुसार इरानको युद्धविराम उल्लंघनका कारण अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाही जायज र आवश्यक थियो। अमेरिका र इरानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावका बीच नाटो महासचिवको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।














