क्वार्टरफाइनलमा फ्रान्स–मोरक्को खेलका लागि सबै अर्जेन्टिनी रेफ्री

Image

फिफाले २०२६ को विश्वकपको को क्वार्टरफाइनलमा हुने फ्रान्स र मोरक्कोबीचको खेलका लागि रेफ्री टोली घोषणा गरेको छ। यस महत्वपूर्ण खेलको मुख्य रेफ्रीका रूपमा अर्जेन्टिनाका फ्याकुन्डो टेलो नियुक्त भएका छन्। उनलाई सहायक रेफ्रीका रूपमा जुआन पाब्लो बेलाट्टी र गेब्रियल चाडेले साथ दिनेछन्।

त्यस्तै, चौथो रेफ्रीका रूपमा डारियो हेरेरा तथा रिजर्भ सहायक रेफ्रीका रूपमा क्रिस्टियन नाभारो नियुक्त भएका छन्। यस विश्वकपमा पहिलो पटक कुनै खेलका सम्पूर्ण म्याच अफिसियल एउटै देशका अर्थात् सबै अर्जेन्टिनाका रहेका छन्।

मुख्य रेफ्री टेल्लोसँग विश्वकपका नकआउट चरणको अनुभव छ। उनले कतारमा भएको अघिल्लो विश्वकपमा मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल खेल पनि सञ्चालन गरेका थिए। यससँगै लगातार दोस्रो विश्वकपमा मोरक्कोको क्वार्टरफाइनल खेलमा उनी रेफ्रीको भूमिकामा रहने भएका छन्।