सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन

Image

आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ ।हरेक असार २५ गतेसम्म सम्बन्धित निकायले भुक्तानी गरिसक्नुपर्ने व्यवस्था अनुसार बिहीबारसम्ममा सबै सरकारी कार्यालयले डिजिटल प्रणालीमार्फत यस्तो भुक्तानी गरिसक्नुपर्ने भएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले गरेको व्यवस्था बमोजिम आज राती १२ बजेबाट चालु वर्षको सम्पूर्ण भुक्तानी रोकिने उप महालेखा नियन्त्रक ओम प्रसाद रिजालले जानकारी दिए ।आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने रिजाल बताउँछन् ।

यस्तो भुक्तानी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागु हुनेछ ।