राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

Image

स्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका पवनकुमार भट्टराईका अनुसार ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।

घटनापछि प्रहरीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको जनाएको छ।

हाल घाइते पुरुषको परिचय खुल्न सकेको छैन। उनले आत्मदाहको प्रयास गर्नुको कारण पनि खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।