सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

Image

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।