एनपीएलका लागि पोखराले भित्र्यायो श्रीलंकन प्रशिक्षक

Image

पोखरा एभन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत पोखराले मेन्डिसलाई भित्र्याएको जानकारी आइतबार  दिएको हो ।

विश्व फुटबलमा ‘क्यारम बल’का लागि परिचित मेन्डिस, सन् २०१४ मा श्रीलंकाले आईसीसी ट्वान्टी–२० विश्वकप जित्दाका सदस्य थिए । पछिल्लो दुई सिजन सोचेनुरुपको प्रदर्शन गर्न नसकेको पोखराले राम्रो अन्तर्राष्ट्रिय अनुभव भएका मेन्डिसको आगमनसँगै नयाँ अध्याय सुरु भएको जनाएको छ ।

अघिल्ला दुई संस्करणमा भारतका राजीव कुमारले पोखराको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए ।