तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Image

आज सुनचाँदीकै भाउ बढेको छ।  सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। 

हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।  यसअघि गएको आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय बढेको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।