स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा पाँच हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५५ रुपैयाँ घटको हो । आज चाँदी तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















