अवरुद्ध कालीगण्डकी करिडोर ८ दिनपछि सञ्चालनमा

Image

पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिरोका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए।