काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ती महिलाको शव जलेको अवस्थामा भेटिएको हो ।
तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् ।
घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।














