सेयर बजार ३३ अंकले घट्यो, ६ अर्बको कारोबार

Image

 साताको पहिलो कारोबारमै सेयर बजार ३३ अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबारका दिन ३३.२८ अंक घटेको छ । 

यससँगै बजार मापक २७०१.३२ विन्दुमा झरेको छ । ३३ अंकले बजार घट्दा ३५ कम्पनीको सेयर मूल्य बढेको छ । २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

६ अर्ब सात करोड १८ लाख ४४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटकमा किनबेच भएको छ ।

एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स, एनएमबी बैंक डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, म्युचअल फन्डबाहेकका घटेका छन् ।