सुनसरीको कप्तानगन्ज घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई संयमित भएर बस्न आह्वान गरेका छन्। संवाद सचिवालयका सविच फणि फाठकले पूर्वराजा शाहको तर्फबाट बिहीबार सद्भाव सन्देश जारी गरी कप्तानगन्ज घटनालाई लिएर दुःख व्यक्त गरेका छन्।
‘सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भूभागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ सन्देशमा भनिएको छ।
यस घटनालाई लिएर उनले चिन्ता जनाएका छन्। यो नेपालीको मौलिक परम्पराविपरीत भएको जनाएका छन्।
‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले जुनसुकै भूभागमा रहे, बसेका जो कोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ। यहि आजको आवश्यकता हो।’














