इरानी आक्रमणबाट कुवेतमा नेपालीको मृत्यु

Image

उत्तरी कुवेतमा गरिएको आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ कम्पनीमा चालकको रुपमा कार्यरत एक नेपाली मृत्यु भएको हो ।यसको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइएको परराष्ट्रले जनाएको छ।

परराष्ट्रका अनुसार राजदूतावास कुवेतका सम्बद्ध निकायहरू र कम्पनीसँग नजिकको सम्पर्कमा रहेको छ।  अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले कुवेतस्थित अमेरिकी बेस क्याम्पमा जवाफी आक्रमण गरेको हो।