हिजो घटेको सुनको मूल्यमा आज उच्च वृद्धि, चाँदी पनि महँगियो

Image

हिजो घटेको सुनको भाउ आज व्यापक मात्रामा बढेको छ।  सुनको भाउ तोलामा ४ हजार २ सयले बढेर आज ४ लाख ८८ हजार रुपैयाँ पुगेको छ। 

यसअघि हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ८३ हजार ८ सय कायम भएको थियो।  गएको सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ८० रुपैयाँ थियो। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।