‘गौंथली’ अहिलेसम्म सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ । फिल्मले शुक्रबार मध्यान्हसम्म देशब्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।
कपिल रिजाल निर्देशित फिल्मले छक्कापञ्जा १, २ र ५, कोहिनुर, महाजात्रा, आबाट आमालाई उछिनेको छ । अब यो फिल्मभन्दा धेरै कमाउने सूचीमा जारी, छक्कापञ्जा ४, परान, १२ गाउँ, कबड्डी ४ र पूर्णबहादुरको सारंगी मात्र छन् ।
यही गति कायम रहे फिल्मले ‘जारी’को कमाइलाई आगामी सातासम्म उछिन्ने प्रक्षेपण गर्न सकिन्छ । ठूला फिल्म पनि नभएको र बलियो वर्ड अफ माउथ प्राप्त भएकाले ‘गौंथली’को कमाइको गति तत्काल रोकिने छाँटकाँट छैन ।















