नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो।
यससँगै सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँको तह पार गरेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।













