३ अर्ब ७२ करोडको सेयर कारोबार

Image

बिहीबार सेयरबजार ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा चढेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन कुल ३ अर्ब ७२ करोडको कारोबार भएको छ । 

यो हप्ता बजार क्रमशः सामान्य सुधारतर्फ देखिएको छ । बिहीबार १७१ वटा सेयरको मूल्य समेत बढेको छ। यस दिन ८६ वटाको घटे पनि १९ वटाको मूल्य स्थिर देखिएको छ । 

नेप्सेका अनुसार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रो, घलेम्दी हाइड्रो क्रमशः १५, १४.९९, १३.०२ र ११.९० प्रतिशतले मूल्य बढेको छ । 

 आज उच्च अंकको गिरावट देखिएको छैन भने २९ करोडसम्मको उच्च कारोबार भएको छ ।  बिहीबार लगानी, सामूहिक लगानी कोष घटे पनि बाँकी सबै समूह बढेका छन।