अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबिब उर रहमान मन्सुर बिहीबार बम आक्रमणमा मारिएका छन्।
स्थानीय सञ्चारमाध्यम तोलो न्युजका अनुसार मन्सुर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकारी हुन्। दुई हप्तअघि मात्र प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख जबिउल्लाह अमिरीलाई सशस्त्र व्यक्तिहरूले हानेर मारेका थिए।
अफगान सरकारले भने अहिलेसम्म घटनाको पुष्टि गरेको छैन।












