प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

Image

प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्।

उनले नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध तथा दुई देशका जनताबीच रहेको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

“नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,” प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन्।

प्रधानमन्त्री शाहले भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।