काठमाडौँमा आज यी पाँच स्थानबाट बिक्री भइरहेको छ ग्यास

Image

नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। निगमले सार्वजनिक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर अहिले बिहान १० बजेदेखि बिक्री-वितरण भइरहेको जानकारी दिएको हो।

सूचनाअनुसार टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ।

यसैगरी यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिनेछ।

निगमनका अनुसार राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिनेछ।

निगमले अति आवश्यक भएका व्यक्तिले मात्र आआफ्ना नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा उपस्थित भई  ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ।

साथै निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै यसको बिक्री-वितरण सम्बन्धित उद्योगले आआफ्ना विक्रेतामार्फत नियमित रूपमा गरिरहेको जनाएको छ।