उच्च अदालत पाटन बारमा मतदान जारी

Image
ललितपुरः ३० साउनः नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्चका उम्मेदवारहरु उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ नेतृत्व चयनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्चका उम्मेदवारहरू । तस्बिर: घनश्याम श्रेष्ठ/रासस

उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ । उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ । अहिलेसम्म ३०० कानुन व्यवसायीले मतदान गरिसकेका छन् । 

उक्त बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । बृहत् प्रगतिशील तथा पेसागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्रेलले नेतृत्व गर्दै छन्।

नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि मतदान भइरहेका छ । आज बिहान ८ः०० बजेदेखि सुरू भएको मतदान ५ः०० बजेसम्म सञ्चालन हुनेछ ।