२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

Image

 साताको पहिलो कारोबारमा सेयर बजार नकारात्मक देखिएको छ । सोमबार (भदौ १) बजार २.२५ अंकले घटेको हो । योसँगै बजार २६४१.५८ विन्दुमा झरेको छ ।

बजार घट्दा ७० कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २०२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन पाँच अर्ब ५२ करोड आठ लाख १६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड १९ लाख २४ हजार कित्ता सेयर ५६ हजार ७२१ पटकमा किनबेच भएको हो ।

सर्वोत्तम सिमेन्ट र माउन्ट एभरेस्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सगरमाथा जलविद्युत्, लक्ष्मी उन्नति कोषलगायत कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् ।

समूहगत सूचकतर्फ जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचअल फन्ड, अन्य र व्यापार समूह बढेका छन् । बाँकी समूहको सूचक घटेको छ ।