हर्मुजबाट निस्किँदै गरेको जहाजमा हमला, एक चालकको मृत्यु

Image

हर्मुज जलमार्गबाट बाहिर निस्कने क्रममा एउटा जहाजमा आक्रमण भएको छ। 

ब्रिटिस समुद्री व्यापार सञ्चालन संगठन (यूकेएमटीओ) का अनुसार अज्ञात हमलाबाट इन्जिन कक्षमा क्षति भयो भने चालक दलका एक सदस्यको मृत्यु भएको छ। जहाजका चालक दलका बाँकी सदस्यहरू उद्धारमा ओमानको तटरक्षक खटिएको यूकेएमटीओलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।  

सम्बन्धित अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। यो खबर लेख्दासम्म मृतकको पहिचानलगायत विस्तृत विवरण खुलाइएको छैन। 

अमेरिका-इजरायल र इरानबिचको युद्ध सुरु हुनुभन्दा अघि यस मागर्बाट दैनिक १३० भन्दा बढी जहाज आउजाउ गर्थे।  युद्धयता भने त्यो संख्या ह्वात्तै घटेको छ।