सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

Image

आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। 

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गएको सोमबार तोलामा १ हजार ६ सय बढेर सुनको भाउ ३ लाख ६ हजार ८ सय पुगेको थियो। बुधबार सुनको भाउ सोही मूल्यमा स्थिर थियो। 

गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरेर ५ हजार २ सय रुपैयाँ बढेको थियो।  त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

हिजो पनि तोलमा २५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको थियो।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।