सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम समेत घट्यो

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ । आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५१७ रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६२२.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ११० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज कारोबार भएकामध्ये १८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

बुधबार सेयर कारोबार गर्दा माउन्ट एभरेष्ट पावरका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने मनकामना इन्जिनियरिङ हाइड्रोका कारोबारीले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेपनि बैंकिङ, हाइड्रो, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचक भने सकारात्मक रह्यो ।