इरानका सभामुख इराकमा, इराकी प्रधानमन्त्रीले गरे सहयोगको प्रशंसा

Image

इराकका प्रधानमन्त्री अली अल-जैदीले इरानको सहयोगी अडानको प्रशंसा गरेका छन्। उनले एक दशकअघि आईएसआईएसविरुद्धको युद्धमा गरेको सहयोगको तारिफ गरेका हुन्। 

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानी संसद्‌का सभामुख मोहम्मद बाघेर गालिबाफसँगको भेटमा अल-जैदीले उक्त अभिव्यक्ति दिएका हुन्। 

गालिबाफ इराकको औपचारिक तीनदिने भ्रमणका लागि बगदाद पुगेका छन्।  यस अवसरमा मोहम्मद बाघेर गालिबाफले इरान र इराकबिचको सम्बन्ध अझ विस्तार गर्ने इराकको प्रयासको प्रशंसा गरे।

उनले भने, ‘दुवै देशका जनताको साझा हितलाई ध्यानमा राख्दै पारस्परिक सहयोगलाई अझ प्रवर्द्धन गर्नु महत्त्वपूर्ण छ।’