१९८ वटा सेयरको मूल्य घट्यो, ४ अर्बको कारोबार

Image

सेयरबजारमा शुक्रबार १०.६७ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६१८.७२ विन्दुमा झरेको हो ।  योसँगै साताको अन्तिम दिन कुल ४ अर्ब १६ करोडको कारोबार भएको छ। १ करोड कित्ता कारोबारमा यो परिमाणमा खरिदबिक्री भएको हो। 

यस दिन ७० वटा सेयरको मूल्य बढे पनि १९८ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बढेकामा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र पञ्चकन्या माई हाइड्रो छन्। उनीहरुको क्रमशः १४.९९ र १३.८६ प्रतिशतले वृद्धि भएको छ। बाँकी सेयरहरुमा उल्लेख्य बढावट देखिएको छैन। 

त्यसैगरी घटेका सेयरहरुमा ५.२६ प्रतिशतसम्म गिरावट देखिएको छ। कारोबार आज अधिकतम २६ करोडसम्मको छ।