रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ ।
बुधबार बिहान भोटेकोसी नदीमा अचानक बाढी आएको थियो । बाढीले रसुवा, नुवकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारमा नेपाली सेनाका आधा दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरिएको छ ।














