सुनको मूल्य आज पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य मंगलबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सोमबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख २१ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको बिहीबारर अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।