भोटेकोसी बाढीमा परी घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु भएको छ। नुवाकोटको विदुर नगरपालिकाका ३० वर्षीय महेश डंगोलको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो।
उनको आइसीयू कक्षमा उपचार भइरहेको थियो। शरीरभरी चोट लागेका उनको स्वास्थ्य अवस्था अस्पताल ल्याउँदा नै गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।
अहिले ट्रमा सेन्टरमा बाढीबाट घाइते १५ जनाको उपचार भइरहेको छ। १३ जना घाइते आमस्मिक कक्ष तथा वार्डमा उपचाररत छन् भने दुईजनाको एचडीयूमा उपचार भइरहेको छ।
उपचारमा आएका २१ जना डिस्चार्ज भएका छन्। यस्तै, एक जनालाई वीर अस्पताल रिफर गरेको छ।
ट्रमा सेन्टरमा हालसम्म ३८ जना घाइतेलाई उपचारका लागि ल्याइएको अस्पतालले जनाएको छ।














