चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।
यसअघि अन्य दले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ । अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ ।














