लगातार छैठौं दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

Image

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ। 

गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। हिजो (सोमबार) प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।