नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त कुरा बताएका हुन् ।
उनका अनुसार रसुवागढीमा पाँच, लाङटाङमा सात, चिलिमेमा सात, अपर त्रिशूली–१ मा करिब ५०, त्रिशूली ३ ए मा करिब ४२ गरी १२१ जनाको हाराहारीमा टनेल भित्र रहेका छन् ।
त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले बताए । विभिन्न परियोजनासँग आबद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने सेनाको भनाइ छ । ” परियोजनाहरूबाट टनेल लगायत कार्य र सम्पूर्ण हेर्दाखेरि ९oo को हाराहारीमा सम्पर्कविहीन देखाए पनि त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू हुन्,” उनले भने ।
नेपाली सेनाले सुरुङमा उद्धार जारी रहने बताएको छ ।













