संसद्मा रहेका विपक्षी दलहरूको बैठक आज बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बैठक बोलाइएको हो।
कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा प्राकृतिक विपत्तिपछि सरकारको कामकारबाहीका विषयमा छलफल हुने थापाले जानकारी दिइन्।
प्राकृतिक विपत्तिपछि उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकारको भूमिकालगायत पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउन विपक्षी दलहरू छलफलमा जुट्न लागेका हुन्।














