यमनमा जारी द्वन्द्वबाट कम्तीमा ७६ हजार मानिस विस्थापित : राष्ट्रसंघ

Image

यमनमा जारी द्वन्द्वबाट विस्थापित हुनेहरूको संख्या चार गुणाले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यमनको सरकारी सुरक्षा बल र इरान समर्थित हुथी विद्रोहीहरूबीच द्वन्द्व चर्किएको हो । जुलाईदेखि हालसम्म कम्तीमा ७६ हजार मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको हो । 

राष्ट्रसंघीय एजेन्सीले एक वक्तव्यमा भनेको छ, “अन्तर्राष्ट्रिय प्रवासन संगठन (आईओएम)ले यमनमा प्रतिघण्टा द्रुत गतिमा बिग्रँदै गएको विस्थापन संकटप्रति चेतावनी दिइरहेको छ ।”

“हुथीहरूले जुलाईमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेयता कम्तीमा ७६ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्,” आईओएमले भनेको छ ।

आईओएमका अनुसार, लडाइँ तीव्र बन्दै जाँदा यो संख्या गत हप्ताको कुल संख्याभन्दा चार गुणा बढीको रहेको छ । विस्थापित भइरहेका तथा उनीहरूसँग जाने कुनै सुरक्षित ठाउँ नभएको भन्दै चेतावनी दिँदै भनेको छ ।

यसको केही दिनअघि आईओएमले सार्वजनिक गरेको १८ हजार ५०० विस्थापितको संख्या बढेर यसै महिनाको सुरुदेखि हालसम्म ४६ हजार पुगेको जनाएको थियो ।

पश्चिमी तट र ताइजमा मानिसहरू विस्थापित भएको आईओएमले बताएको छ । ताइज सबैभन्दा बढी प्रभावित भएको छ । सोही प्रान्तका जिल्लाहरूबाट मात्रै करिब आठ हजार ३०० घरधुरी अर्थात् लगभग ५० हजार मानिस विस्थापित भएको संगठनले जनाएको छ ।