सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा

Image

सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाका सहसचिव पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

पराजुली हाल राष्ट्रिय महिला आयोगमा कार्यरत छन्।