किङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत रकम प्रशोचन गरिरहेको छ ।
यसैक्रममा शुक्रबार (असोज २) राष्ट्र बैंकले एक महिनाको लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्दैछ । यसअघि भदौ ३१ गते राष्ट्र बैंकले एक महिनाका लागि ६० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो ।
अनलाइनमार्फत हुने उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदैछ । यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । उक्त, निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज ३० गते हुने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरु मात्र सहभागी हुन पाउने छन् ।













