विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब, १८ महिनाको आयात धान्ने

Image

विदेशी मुद्रा सञ्चिति ३९ खर्बमाथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय अवस्थामा वैदेशिक मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको उल्लेख गरेको हो ।

असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई साउनमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३५ खर्ब १७ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ४ खर्ब २८ अर्ब २२ करोड रहेको छ ।

उक्त सञ्चितिले नेपालमा २१ महिना ८ दिनको वस्तु आयात र १८ महिना ८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।