नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेपछि उनी तटस्थ बस्ने भएका हुन् ।
पाण्डेले बाह्रखरीसँग भने, “दुईवटा महाधिवेशन हुने भएपछि हामीले तटस्थ बस्ने निर्णय गरेका छौँ । एउटै महाधिवेशनको स्थिति नबनेसम्म कुनै महाधिवेशन नजाने निर्णय भएको हो,” उनले भने ।
उनका अनुसार दुवै महाधिवेशनमा सहभागी नभई पार्टी एकताको विषयलाई निरन्तर उठाइरहने नेता शेखरको तयारी छ ।














