जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

Image

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका– २ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।