एसियाली खेलकुद : करातेबाट नेपाललाई दुई पदक पक्का

Image

नेपालले एसियाली खेलकदुमा करातेबाट कम्तिमा पनि दुई पदक पक्का गरेको छ ।

कुमुते पुरुष ६० केजीमुनिमा मीनबहादुर तामाङ र ५५ केजीमुनिमा राकेश मानन्धरले सेमिफाइनलको यात्रा तय गरेसँगै नेपालको पदक पक्का भएको हो । करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक दिइन्छ ।

तोयोहाशी जिम्नाजियममा आइतबार मीनले क्वार्टरफाइनलमा ताजकिस्ताका मुहम्मद मिर्जोजोदालाई २–० ले पराजित गरे । यसअघि उनले हङकङका का हिम चाउलाई ४–१ ले हराएका थिए । सेमिफाइनलमा मीनले कुवेतका अब्दुल्लाह  शाबानसँग प्रतिस्पर्धा गर्नेछन् ।

यता, सिधै क्वार्टरफाइनल खेलेका राकेशले थाइल्यान्डका नट्ठाकृत इन्ग्लोयविरुद्ध ९–० को सानदार जित निकाले । अब सेमिफाइनलमा राकेशको भेट उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग हुनेछ ।