नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ थियो।
यसैगरी, सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ८ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।














