आज पनि घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि ओरालो

Image

 मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।