स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी तोलामा चार हजार ४३३ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।












