इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

Image

 प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था र पुनःस्थापनाका लागि अब गर्न सकिने कामबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यसहित १७ जना सांसद सहभागी थिए। आचार्यबाहेक अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेको बताइएको छ।

दिउँसो १२ बजेदेखि सवा २ बजेसम्म चलेको छलफलमा बाढी तथा पहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम र आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूले विपद्पछिको पुनःनिर्माण तथा पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन सकिने उपायबारे प्रधानमन्त्रीसमक्ष सुझाव राखेका थिए।