नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भएगरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ ।
संसदीय दलका उपनेता पद्मा अर्यालले आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने बताइन् ।














