दिपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति

काठमाडौं– सुन प्रकरण तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई जिल्ला अदालत रुपेन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत रुपेन्देहीका सुचना अधिकारी अनन्तराज मरासिनीका अनुसार प्रहरीले आइतबार संगठित अपराधसम्बन्धी कसुरमा पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो । मरासिनीले भने, ‘पुन शुक्रबार पक्राउ पर्नुभएको छ । अनुसन्धान गर्न प्रहरीले आजबाट ६ दिनको म्याद पाएको हो ।’

पुनमाथि रुपन्देहीस्थित सुप्रिम सहकारी तथा बचत ऋण सहकारी संस्थाको ७८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनो