राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
ओहोदाको प्रमाणपत्र पेश गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चाल्र्स ह्वाइटली रहेका छन्।
यस्तै, इण्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा। मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदुतका रूपमा ओहोदाको प्रमाणपत्र पेस गरे।
नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहमा नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो।















